पोखरा । मानवीय सेवा कार्यमा सहयोग आदनप्रदान भन्ने मुलमन्त्र अनुसार स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर ९ घर भएकि सरिता परियार,बि .क को परिवारले आम समुदाय संग सहयोगको लागी आह्वान गरेको छ ।
स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर ९ घर भएकि सरिता परियार,बि .क बिगत २,३ महिना देखि स्वास्थय अबस्था जटिल भई थला परेकि छन। उनको उपचारको लागि आर्थिक अवस्था नाजुक छ । पेटमा ४ महिनाको बच्चा छ । उनको शरीरको कुनै पनि अंगले काम गरेको छैन ।
सरीताको श्रीमान सागर बिश्वकर्मा भन्छन, मोटो रकम र्खच गरेर उपचार गर्न आफु संग छैन् , दिन भरी गरेको कामले साझ बिहान हात जोड्न मात्र पुग्छ अरु केही उपाय छैन ।
चापाकोट नगरपालिका वडा नम्बर ९ निवासी र्पुणीमा नेपाली र बासुदेब गैरेको सकृयतामा केही रकम संङकलन गरी पोखरा जि. एम. सी. हस्पीटलमा र्भना गरीएको थियो , तर त्यहा उपचार सभंव भएन अहिले काठमाडौमा रहेको टिचिङ हस्पीटलमा उपचार भइराखेको सरीता को श्रिमान सागर विश्वर्कमाले जानकारी दिए ।
बर्ष २१ की सरीता परियारको स्थिती नाजुक भएकाले उपचारका लागी परिवारले सक्दो सहयोगका लागी अनुरोध गरीएको छ । सहयोगका लागी तोकीएको बैक खाता वा फोन नं ९७०६६२९६८६ सागर विश्वर्कमा ,९८२५१२३१५१ ,पुर्णिमा परियार , ९७४२८५८३०५,बासुदेव गैह्रे ,९८१४१९३००० र सिता परियारलाई सम्र्पक गर्न सक्नु हुने छ । संङकलन गरीएको विवरण सार्वजनिक गरीने विकले बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी
सहयोगका लागी आह्वान