प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार अन्तिम साता पोखरा रङ्गशालामा हुने भएको छ । गण्डकी प्रदेश फुटबल सङ्घको आयोजना हुने उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आगामी असार २८ गतेदेखि साउन ३ गतेसम्मको समय दिएको सङ्घले जनाएको छ ।
गण्डकी प्रदेशमा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको उक्त महिला फुटबल प्रतियोगितामा नेपाली सेना९त्रिभुवन आर्मी क्लब०, सशस्त्र प्रहरी बल ९एपिएफ० लगायत आठ टिमले सहभागीता जनाउने सङ्घका महासचिव विनोद गुरुङले जानकारी दिए । ‘एन्फा’को स्वीकृतिसँगै प्रतियोगिताको तयारी अगाडि बढाइएको उनको भनाइ छ । पोखरामा महिला फुटबलको गतिविधि न्यून भइरहेका बेला राष्ट्रियस्तरको प्रतियोगिता हुने भएपछि यहाँका खेलप्रेमीसमेत उत्साहित बनेका छन् ।
महिला फुटबलको विकासलाई केन्द्रमा राखेर पहिलोपटक गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको महासचिव गुरुङले बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित