लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले आज आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन गरिएको छ।
लगातार परेका चाडपर्व र बिदाका कारण पोखरामा रगतको आपूर्ति घटेको अवस्थालाई मध्यनजर गर्दै महेन्द्रपुलस्थित टेलिकम अगाडि रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पिडिजी लायन राम बसेलले पहिलो रक्तदाता, क्लबका पूर्व अध्यक्ष लायन दयाशंकर तौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे।
सो अवसरमा प्रमुख अतिथि बसेलले लायन्स क्लबका सदस्यहरू सधैं अग्रपंक्तिमा रही सामाजिक सेवामा समर्पित रहेको उल्लेख गर्दै, रगतको अभावमा जीवन जोखिममा परेकालाई बचाउन यस्ता कार्यक्रमको ठूलो महत्व रहेको बताए। डिस्ट्रिक ब्लड डोनेशन कोअर्डिनेटर लायन दिलबहादुर थापाले चाडपर्व र आपतका बेला पनि लायन्सहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका भन्दै यस्तो अभियान उदाहरणीय रहेको बताए। कार्यक्रममा संस्थापक अध्यक्ष वासुदेव कोइराला, निवर्तमान अध्यक्ष सूर्य पोखरेल, र पूर्व अध्यक्षहरूको उल्लेखनीय उपस्थिति तथा रक्तदानसहितको सक्रिय सहभागिता रहेको थियो।
त्यस्तै, रक्तदाता बोलाउने र सहभागिता सुनिश्चित गर्न विशेष पहल र योगदान ईन्द्रबहादुर थापा र पूर्व अध्यक्ष रुकबहादुर गुरुङले गर्नुभएको थियो, जसले कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी बनाएको थियो। रक्तदानका अभियन्ता तथा क्षत्री समाज नेपालका महासचिव कृष्णबहादुर थापा, आरदायूका हरिश्चन्द्र शर्मा, पत्रकार श्याम कुँवर, राजाराम पौडेल, आरजू विष्ट सल्यानी, तीर्थ केसी, रेडक्रसकर्मी र लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम क्लबका अध्यक्ष लायन नारायणबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव लायन दिपक कुमार गुरुङले गरेका थिए।
संयोजक अर्जुन ज्ञवालीको धन्यवाद सन्देश यस सफल र अर्थपूर्ण रक्तदान कार्यक्रमका संयोजकको नाताले, यस अभियानमा सहभागी भई सहयोग पुर्याउनु हुने सम्पूर्ण रक्तदाताहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। कार्यक्रमको प्रचार–प्रसारमा साथ र समर्थन दिनु भएका पत्रकार मित्रहरूलाई पनि हार्दिक आभार प्रकट गर्दछु। रगत संकलनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुभएका लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका सम्पूर्ण सदस्यहरू, रक्त संचार सेवाका सहकर्मीहरू, स्वयंसेवकहरू र सरोकारवालाहरू सबैमा हृदयदेखि आभार व्यक्त गर्दछु। विशेष गरी, संस्थापक अध्यक्ष वासुदेव कोइराला, निवर्तमान अध्यक्ष सूर्य पोखरेल, पूर्व अध्यक्षहरू, साथै ईन्द्रबहादुर थापा र पूर्व अध्यक्ष रुकबहादुर गुरुङको सक्रिय भूमिका र निरन्तर प्रोत्साहनका लागि विशेष धन्यवाद प्रकट गर्दछु। रगतदानजस्तो मानवताको सर्वोच्च सेवामा हातेमालो गर्नुहुने प्रत्येक दाताप्रति हार्दिक सम्मान र कृतज्ञता — तपाईंहरूको सानो सहयोगले कसैको जीवनमा उज्यालो ल्याएको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्वारा ६६ युनिट रगत संकलन
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै