नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशनबाट अध्यक्षका उम्मेदवार हरि प्रसाद भण्डारीको प्यानल निर्वाचित भएको छ।
माओवादी उपमहासचिव वर्षमान पुनको समर्थन प्राप्त भण्डारी नेतृत्वको पदाधिकारी प्यानलबाट उपाध्यक्षमा अर्जुन मल्ल,पुष्पकमल ढुंगाना र देवीमाया अधिकारी निर्वाचित भएका छन्।
त्यस्तै,सहसचिवमा चन्द्रबहादुर गुरुङ र कोषाध्यक्षमा अनिल परियार निर्वाचित भएका छन्।कमिटीमा सचिव सूर्यप्रकाश तिवारी भने सर्वसम्मत निर्वाचित भएका थिए।
माओवादी केन्द्रको पोखरा महानगर कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव वर्षमान पुनको समर्थन पाएको दुईटा प्यानल चुनावमा हालिएको थियो। प्रचण्ड प्यानलबाट भने कोही पनि निर्वाचित भएनन्।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेर निर्वाचनमार्फत नेतृत्व टुंगो लगाए माओवादी केन्द्रले जनाएको छ।
नगर कमिटी गठन गर्न माओवादी केन्द्र पोखरा महानगरका ३३ वडा, वडाबाट १/१ जना, महिला,दलित,दलित महिला ,जनजाति ,युवा लगायत क्लस्टरबाट गरी ९९ सदस्यीय कमिटी गठन गर्नुपर्नेमा ३ जनाले मनोनयन दर्ता नगरेको जनाएको छ। अहिले निर्वाचित ८६ सदस्यबाट महानगर कमिटी अध्यक्षसहित पदाधिकारी दुईटा प्यानल बनाएर निर्वाचन भएको थियो ।
गण्डकी मा पछिल्लो समय पुन टिम बलियो बन्दै गएको छ । महानगर कमिटीको अधिवेशनको उद्घाटन जेठ २७ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियो।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी
सहयोगका लागी आह्वान