logo
Logo Side Banner

महासंघ अध्यक्ष भट्टराईद्धारा निरीक्षण

News LogoMina Shrestha 4 हप्ता अगाडि
87 2 minutes read

नेपाल अटोमेकानिक व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराईले पोखरामा भएको तालिम निरीक्षण सहित मेकानिक्सहरुसंग भेटघाट गरेका छन् ।

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन पोखराको आयोजनामा शुरु भएको १६ दिने अटो मेकानिक्सका लागी इभि तथा इन्जिन गाडीको सम्बन्धमा भैरहेको तालिमको निरीक्षण सहित मेकानिक्सको अवस्था बारेमा भनाई राख्नुभएको थियो ।

नेपालमा अटो व्यवसाय संचालनमा कार्यरत मजदुरहरुको भूमिका सहित महासंघले देशैभर मेकानिक्सहरुको क्षमता, दक्षता अभिवृद्धि गराउन तालिम गरीन लागेको अध्यक्ष गोपाल भट्टराई बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष एंव नेपाल अटो मेकानिक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपालीले आम मेकानिक्सहरुलाई समेटी सबै रचनात्मक सामाजिक कार्यहरु हुनु महत्वपूर्ण रहेको बताए ।

गण्डकी अटो मेकानिक्स वक्र्स एशोसिएसन पोखराका अध्यक्ष विष्णुप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष सनत कुमार भट्टराई, सन्तोष कुमार मिश्र, सल्लाहकार कृष्ण बहादुर थापाले आ–आफ्नो भनाई राखेका थिए । 
 

प्रतिक्रिया दिनुहोस