logo
Logo Side Banner

क्षत्री समाजका उपाध्यक्ष बस्नेतको निदन

News LogoSita एक महिना अगाडि
87 2 minutes read

क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इन्चाज भरत बहादुर बस्नेतको सोमबार निदन भएको छ ।

६७ वर्षिय बस्नेत केही महिना देखि पेट सम्बन्धी रोगको उपचार कै क्रममा रहनुभएको थियो । ५ (पाँच) दशक देखि स्थानीय समाज विकास, निर्माण कार्यमा सकृय रहदै आएका थिए ।

क्षत्री समाज नेपालको स्थापना समाजबाट भएका आन्दोलन कार्यक्रमहरुमा बस्नेतको महत्वपूर्ण योगदान रहेको महासचिव कृष्ण बहादुर थापाले बताए । प्रष्ट वक्ताको रुपमा परिचित बस्नेत नेकपा एमाले गण्डकी प्रदेश समितिको पूर्व सदस्य, टोल विकास संस्था, धार्मिक संस्थाहरुको विकास र कार्यक्रममा महत्वपूर्ण योगदान रहेको छ । बस्नेतको शोकमा क्षत्री समाज नेपालको आकस्मीक बैंठक द्धारा योगदानको कदर सहित ५ दिन देशैभर शोक मनाउने, ७ औं दिनमा शोक सभा गर्ने निर्णय गरेको छ ।

अध्यक्ष रिब बहादुर थापा, सचिव शिव थापाले समाजको झण्डा ओढाई अन्तिम बिदाइ गरीएको थियो ।

शवयात्रामा विभिन्न राजनितिक दहका सदस्यहरु, समाजका सबैतहका सदस्यहरु, विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो । स्वर्गिय बस्नेतको ३ छोरा १ जीमती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस