क्षत्री समाज नेपाल पोखरा महानगर महिला समितिले क्षत्री महिलाहरुको लागी एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
सोही अवसरमा क्षत्री महिला समाजको केन्द्रिय अध्यक्ष उर्मिला खड्का नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति निर्वाचित हुनुभएकोमा, महिला समाजका केन्द्रिय सचिव विमला भण्डारी गण्डकी प्रदेश प्रेस रजिष्ट्रार हुनुभएकोमा बधाई सहित सम्मान गरीएको थियो । क्षमता विकास तालिम मार्फत क्षत्री समाजको विभिन्न तहमा रहेका महिलाहरुको पदीय क्षमता विकास गराउन सक्ने विषयमा प्रशिक्षक महिला शसक्तीकरण अभियान्ता उषा बरुवालले सहजिकरण गर्नुभएको थियो । समाजको उद्ध्ेश्य पदीय जिम्मेवारी कार्यविभाजन सम्बन्धमा समाजका केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले सहजिकरण गरेका थिए ।
योग ध्यान सम्बन्धमा योग प्रशिक्षक सन्दिप थापाले सहजिकरण गरेका थिए । सो कार्यक्रमको शुभारम्भ गर्दै समाजका अध्यक्ष रिव बहादुर थापाले समाजको गतिविधि मार्फत क्षत्री एकता, सद्भावका लागी सबै तहमा विविध कार्यहरु भइरहेको बताए ।
सम्मानित उर्मिला खड्का र विमला भण्डारीले समाजले गरेको सम्मानले जिम्मेवारी बोध सहित कृपाशील हुन उर्जा दिएको बताए । क्षत्री महिला पोखरा समितिका अध्यक्ष जानुका थापा अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्य गोमा थापा रायमाझी, जिल्ला उपाध्यक्ष अर्चना रोकाह, जिल्ला महिला समिति अध्यक्ष गंगा के.सी., पोखरा महानगर समिति अध्यक्ष कृष्ण बहादुर थापा, शिक्षाविद् शिला थापा, उपाध्यक्ष निर्मला थापा, सचिव करुणा कुमारी महत, कोषाध्यक्ष दुर्गा के.सी. लगायतले आ– आफ्नो धारणा राखेका थिए ।
सो कार्यक्रममा पोखरा महानगरका विभिन्न वार्डका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
सहयोगका लागी आह्वान
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
प्रचण्ड प्यानल हराउदै बर्षमान प्यानल निर्बाचित