सडकमै पल्टिएको ट्रक हटाएपछि मुग्लिन–नारायणगढ सडक खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा बिहान ७ बजेतिर पल्टिएको ट्रक हटाउन झण्डै तीन घण्टा लागेको थियो ।
क्रेनको सहायतामा पल्टिएको ट्रक पन्छाएको र सडक दुईतर्फी नै खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो ।
मधेस प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक बिहान सडकमै पल्टिँदा गाडी रोकिएका थिए । सडक खुलेसँगै रोकिएका गाडी र यात्रु गन्तब्यतर्फ लागेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित