logo
Logo Side Banner

मेकानिक्स परिवारका लागी स्वास्थ्य सचेतना

News LogoMina Shrestha 2 महिना अगाडि
87 2 minutes read

  गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनमा आबद्ध मेकानिक्सका परिवारका लागी क्यान्सर सचेतना सहित परीक्षण कार्यक्रम भएको छ ।

 

फुजिमा आयल कम्पनी तथा गोयल ट्रेडिङ्गको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत महिलाहरुको लागी पूर्ण निशुल्क परीक्षण सहितको स्वास्थ्य शिविर आयोजना गरीएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए ।

 

महिलाहरुमा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण मार्फत क्यान्सर फैलिन नदिन स्वास्थ्य शिविर उपलब्धिपूर्ण रहेको नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपालीले बताए ।

 

मणिपाल शिक्षण अस्पतालका महिला रोग विशेषज्ञ डा. शिवा श्रेष्ठले क्यान्सरको अवस्था, असर र बच्न सक्ने उपचारको बारेमा जानकारी गराउनुभएको थियो ।

 

सो कार्यक्रममा फुजिमा आयल कम्पनीका व्यवस्थापक नविन बस्नेतले कम्पनीको देशैभर हरेक वर्ष महिलाहरुको लागी क्यान्सर सचेतना सहयोग कार्य गरीदैँ आएको बताए ।

 

एशोशियसन मार्फत मेकानिक्सको क्षमतावृद्धि सहित अन्य रचनात्मक कार्यहरु गरीदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस