पौवेगौडे समाज पोखराको भित्तेपात्रा विमोचन सहित नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गरीएको छ ।
पौवेगौडे र पोखरा बसाइ सरेकाहरुलाई समेटी सामाजिक कार्यसहित मर्दापर्दाको सहयोगी भावना विकास गराउन समाज सक्रृय रहेको अध्यक्ष कल्पना पौडेल रेग्मीले बताउनुभयो ।
सो कार्यक्रमको शुभारम्भ गर्दै संरक्षकद्धय क्याप्टेन खडग बहादुर शाही, क्याप्टेन पूर्णबहादुर गुरुङ्गले समाजको कार्यले गाउँ र शहरविचको सम्बन्धलाई थप नजिक बनाएको बताए ।
यस अवसरमा समाजमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान समेत गरीएको थियो । पूर्व अध्यक्ष विष्णु रेग्मी, सल्लाहाकार सोवित कार्की, उपाध्यक्ष दिपेन्द्र आले, सचिव सडानन्द रेग्मी लगाएतले आ आफ्नो धारणा राख्नुभएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
सहयोगका लागी आह्वान
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
प्रचण्ड प्यानल हराउदै बर्षमान प्यानल निर्बाचित