नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।
केन्द्रीय संगठन विभागका इन्चार्ज काशीनाथ अधिकारीले आन्तरिक सूचना जारी गर्दै चैतभित्र वडाहरूको अधिवेशन सक्न निर्देशन दिएका हुन् ।
‘तीन महिने जरा अभियान वैशाखमा सकिँदैछ । तर वडा अधिवेशन चैतभित्रै सक्न सूचना पठाइएको छ’ अधिकारीले भने, ‘वडा अधिवेशन सँगसँगै गर्नु पर्ने अरू काम पनि अगाडि बढाउन भनिएको छ ।’
वडा स्तरमा केन्द्रीत हुनेगरी एमालेले गत माघदेखि तीन महिने अभियान चलाइरहेको छ । उक्त अभियानका क्रममा चैतभित्र गरिसक्नुपर्ने कामलाई अधिकारीले १० बुँदामा सूचीकृत गरेका छन् ।जसमा सदस्यता नवीकरण, संगठनात्मक शुद्धीकरण, जनताका समस्या पहिचान र समाधान, प्रभावकारी प्रचार, कार्यालय व्यवस्थापन लगायत छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ