धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटलाई धामका रुपमा विकास गरी यसपटक विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बन्ने भएको छ। फाल्गुन १४ गते (महाशिवरात्रि पर्व) देखि फाल्गुन २१ गते सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव हुन लागेको मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताए । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत विशाल शिवमन्दिर, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशिय भवन कार्य सम्पन्न गरीएको र सोही दिन उद्घाटन गरिने कार्यक्रम रहेको अध्यक्ष जिसिले बताए।
यो महाउत्सवलाई पोखरा भ्रमण वर्षको रुपमा पोखराको ऐतिहासिक, धार्मिक, र पर्यटकीय महत्त्वलाई उजागर गर्दै, सराङकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ठूलो अवसरका रूपमा रहेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए। धार्मिक आस्थाको साथसाथै पर्यटकहरूलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने उद्देश्य यस महोत्सवले बोकेको पोखरा महानगरपालिका प्रमुख आचार्यले बताए ।
महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीहरूको ध्यान तान्ने मात्र होइन, महादेवप्रति भक्तिभाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्नेछ। यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा रहेको महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले बताए ।
सराङकोट, जो पोखराको प्रसिद्ध पर्यटकीय गन्तव्य हो, प्राकृतिक सौन्दर्य र हिमालको सुन्दर दृश्यावलोकनका लागि लोकप्रिय छ। यो महायज्ञले धार्मिकता र पर्यटनको सम्मिश्रण गर्दै सराङकोटलाई अझ बढी लोकप्रिय बनाउने अपेक्षा गरिएको पोखरा महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले बताए।
यो महायज्ञले स्थानीय उत्पादन र व्यवसाय प्रवर्द्धन गर्न सहयोग पुर्याउनेछ। धार्मिक र पर्यटकहरूको आगमनले स्थानिय अर्थतन्त्रमा सकारात्मक प्रभावका लागि स्थापित अन्नपूर्ण केबुलकार मार्फत निर्माण अन्तिम तयारीमा रहेको नेपालकै पहिलो पञ्पमुखी गणेश मुर्तीले पोखरामा धार्मिक पर्यटकको आगमन बढ्ने अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेलले बताए। धार्मिक आस्था, पर्यटन प्रेम, र सांस्कृतिक महत्त्वलाई आत्मसाथ गर्दै फाल्गुन १४ देखि २१ सम्म सम्पन्न हुने धार्मिक पर्यटन महोत्सव सम्पन्नकालागि ११११ सदस्य मुल आयोजक समिति र ११ वटा विभिन्न समिति मार्फत स्थानिय संघ संस्था, विभिन्न समुहहरुलाई समेटी महाउत्सव तयारी सुरु गरिएको प्रचार प्रसार संयोजक कृष्ण थापाले बताए।
महाउत्सव सम्पन्नका लागि सराङकोट क्षेत्रका सम्पूर्ण महिला समुहहरु सक्रिय रहने वडा सदस्य एवं महिला समन्वय संयोजक कल्पना ढकालले बताईन् ।
सराङकोट धाममा निर्माण गरिएका सम्पूर्ण संरक्षण बाल उध्यान, योग ध्यान केन्द्र सहित दृष्य अवलोकनका लागि आकाशे शिशाको पुल सहितको थप योजना सम्पन्नको लागि महाउत्सव फलदायी हुने सचिव दिल बहादुर जि.सि. ले बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ