logo
Logo Side Banner

स्टेसनरी व्यबसायि महासंघ गण्डकी प्रदेश द्वारा १२ औ रास्ट्रिय पुस्तक दिवस

News LogoSita 8 महिना अगाडि
87 2 minutes read

नेपाल पुस्तक तथा स्टेसनरी व्यबसायि महासंघ गण्डकी प्रदेश द्वारा १२ औ रास्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसरमा स्याङ्जा जिल्ला आधिखोला गाउपालिका वडा न.५ स्थित श्री प्रधुम्न पनेरू मा.बि.मा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यबसायि महासंघ गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा कार्यक्रमको प्रमुख अतिथि आधिखोला गाउपालिका प्रमुख विश्व पौडेलले उद्घाटन गर्दै पुस्तक तथा स्टेसनरी व्यवसायीले समाजमा ज्ञान बाड्ने सेवामुखी व्यावसाय गरेकोमा मुक्त कण्ठले प्रसम्शा गर्नुभयो । उहाँले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशले आधिखोला गाउपालिकाको यस बिद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेकोमा विधार्थीहरुको पठन संस्कृतिको विकास हुनुको साथै यस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा सुधार ल्याउने बताउनुभयो।

माहासंघ गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले आफुले अध्ययन गरेको बि‌द्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउदा खुसि व्यक्त गर्नुभयो। आँधीखोला गाउँपालिकाका सामुदायिक बि‌द्यालयहरू मर्ज गरि उल्लेख्य शिक्षकहरुको उपस्थितिमा वि‌द्यार्थीलाई पढाइ सञ्चालन गनुपर्ने वताउनुभयो ।

आउदा दिनमा बि‌द्यालयमा शैक्षिक सुधारका कार्यक्रममा निरन्तर संहयोग रहने प्रतिवधता व्यक्त गर्नुभयो। प्रधुम्न पनेरु मा.बि. का बिद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमनारायण देबकोटा, साथै प्रध्यानाध्यापक दिप्तिनारायण शर्माको रोहवरमा विद्यार्थीलाई पाठ्य पुस्तक, कापी, कलम, खेलकुदका सामग्रीका साथ बालकथा उपलब्ध गराइयो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेश प्रथम उपाध्यक्ष रामचन्द्र नेपालले स्वागत मन्तव्य रहेको कार्यक्रममा सह-सचिव सुरेन्द्र बास्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

उक्त कार्यक्रममा आँधीखोला गाउँपालिका उपाध्यक्ष सीता थापा वडा अध्यक्ष कृष्ण पनेरु शिक्षा प्रमुख लक्ष्मी सापकोटा, विद्यालय व्यवस्थापनका अध्यक्ष खेम नारायण देवकोटा, विद्यालयका प्रधानाध्यापक दिप्ती नारायण शर्मा गण्डकी प्रदेशका सदस्य दुर्गा दत्त आचार्य, टंक ढकाल, रमेश पौडेल, कास्की जिल्लाका निवर्तमान अध्यक्ष कविन्द्रप्रसाद पोखरेल, कास्की जिल्लाका कोषाध्यक्ष प्रकाश प्रसाद पोख्रेल लगायत सम्पूर्ण व्यवसायी साथीहरू विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरू तथा विद्यार्थी भाइबहिनीहरूको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस