logo
Logo Side Banner

जन्मदिनमा रक्तदान गरौँ, रगत अभाव हटाऔँँ

News LogoMina Shrestha 9 महिना अगाडि
87 2 minutes read

१७ वर्ष उमेर पुगेसङ्गै जन्म दिनमा रक्तदान गरौँ रगत अभाव हटाऔँ भन्ने उद्धेश्य सहित रक्तदान अभियान शुरु गरीएको छ ।

 

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र प्रादेशिक कार्यालय सृजनाचोकमा रक्तदान अभियान शुरु गरीएको तथा ५५ औँँपटकका रक्तदाता प्रमुख अर्जुन ज्ञवालीले बताए । आफ्नो वा परिवारको जन्मदिनमा रक्तदना सेवा कार्य गर्दा ब्यक्तिलाई पुण्य लाभ हुने र रगतको अभावबाट उपचार नपाएका बिरामीलाई पनि सेवा सहयोग रहने अभियानमा सबै रक्तदाता तथा रक्तदान नगर्नु भएका ब्यक्तिहरु सहभागी हुन रक्तसंचार केन्द्रले आह्वान गरेको छ ।

 

अभियानको क्रममा आइतबार नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माको ७७ औँ जन्मदिनको अवसरमा अगुवा रक्तदान कार्यक्रम गरीएको छ । सो कार्यक्रममा ८० औ पटक रक्तदान गर्ने रक्तदान अभियान्ता सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्था अध्यक्ष कृष्ण बहादुर थापालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुरुवात गरीएको थियो । फजुल खर्च भन्दा सेवा कार्य गरी जन्मदिन मनाउँदा आत्मसन्तुष्टि, र गौरव बढने आकस्मिक रक्तदान कार्यक्रमका ब्यवस्थापक हरिश्चन्द्र शर्माले बताए ।

 

रेडक्रस कास्कीका उप सभापति उर्मिला खडकाको सभापतित्वमा भएको कार्यक्रममा, कोषाध्यक्ष सन्तोष अधिकारी , मन्त्री उमा कोइराला पोखरा २ र ३ का सभापति बिन्दु पराजुली वरिष्ठ प्राविधिक महेन्द्र के.सी., कार्यालय प्रमुख मोहन सिंह खडका, संचारकर्मी तिर्थ के.सी. लगायतले रक्तदानको महत्व प्रकाश पारेका थिए । पोखरामा हाल ६०० बढी संघ सस्ंथा मार्फत ५ हजार युनिट रगत सड्ढलन भइरहेको छ

प्रतिक्रिया दिनुहोस