logo
Logo Side Banner

स्याङ्जामा टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read


पोखरा । स्याङ्जा जिल्लाको  चापाकोट नगरपालिका वडा न. २ मा रहेको जनजागृती मा .वि विद्यालयमा पढाउने एक शिक्षकले टिउसन पढ्न बोलाएर विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको खुलेको छ ।

विद्यालयमा कार्यरत शिक्षक कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका वडा नं-५ बस्ने वर्ष ३१ का  नरेश चौधरीले गत पौष २६ गते विद्यालयमै आफ्नै विद्यालयकी १५ बर्सिया बालिकालाई टिउसन पढ्न बोलाएर यौन दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिए ।

पीडितको जाहेरीको आधारमा शिक्षक चौधरीलाई पौष १० गते पक्राउ गरेको प्रहरीले जनाएको छ । यौन दुराचार लगत्तै फरा शिक्षकलाई चितवन बाट पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस