logo
Logo Side Banner

पोखरामा आजदेखि दाइँ महोत्सव हुने

News LogoSita 9 महिना अगाडि
87 2 minutes read

पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कामलार्ई नयाँपुस्ता एवम् विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ ।

पोखरा महानगरपालिका–२३ मार्गीको फेवा फाँटमा सञ्चालन हुने परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । उहाँका अनुसार पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा मत्तवपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराइने छ ।

पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवद्र्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस