logo
Logo Side Banner

फोनिज कास्की अध्यक्षमा बिनु,उपाध्यक्षमा सुशील श्रेष्ठ चयन

News LogoSita 9 महिना अगाडि
87 2 minutes read

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीको अध्यक्षमा बिनाकुमारी थापा ९बिनु० चयन भएकी छन् । फोनिज कास्कीको शुक्रबार पोखरामा सम्पन्न अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा रेडियो सराङकोटका , बजार ब्यबस्थापक  सुशील श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा चयन भएका छन् । सदस्यहरुमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, बिनिता राना  र वर्षा गुरुङ चयन भएका छन् । बाँकी ४ सदस्य पछि थप गरिने जनाइएको छ ।

यसअघि अधिवेशनको फोनिज गण्डकीका ईञ्चार्ज मानबहादुर घर्ती  र तमु धिँ नेपालकी संस्थापक अध्यक्ष तथा समाजसेवी कर्मकुमारी गुरुङले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस