काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज सखरखण्ड, पिँडालु, पालङ्गोको सागलगायतको भाउ बढेको छ ।
आजको मूल्यसूचीअनुसार सखरखण्डको भाउ किलोमा २० रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ । त्यस्तै पिँडालुको भाउ पनि आज किलोमा १० रुपैयाँले बढेर ९५ पुगेको छ । आज पालङ्गो सागको भाउ किलोमा २० रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको छ ।
तर आज तरुल, बकुलालगायतको भाउ केही घटेको छ । आज तरुलको भाउ किलोमा १५ रुपैयाँले घटेर किलोको ९५ रुपैयाँमा झरेको छ । तरुलको भाउ माघे सङक्रान्तीको दिन हिजो किलोमा औषत एक सय १० रुपैयाँ रहेको थियो । त्यस्तै बकुलाको भाउ पनि आज किलोमा २० रुपैयाँले घटेर ५५ रुपैयाँमा झरेको छ ।
आज आलु रातो, सुकेको प्याज, तराईको काउली, लौकालगायतका तरकारीको भाउ भने यथावत् नै छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ