विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण चरम संकट झेलेको कालीगण्डकी नदीमा उत्खनन्को काम नरोकिँदा नदी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियानले माघे संक्रान्तिका दिन पर्वतको प्रसिध्द मोदीवेणी धाममा ब्यनर प्रदर्शन गरेको छ।
नदीको प्राकृतिक स्रोत मूलतः ढुंगा, शिला, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षत्विक्षत् बन्दै गएको छ। विगत देखिको कालीगण्डकीको क्रुर दोहनले नदीको दिगोपनलाई दुई तिहाइले घटाई दिएको छ र कालीगण्डकीजस्तो जन्मेदेखि मरेसम्मका सबै परम्पराको स्रोत र स्थलमा भएको क्रुर दोहनका विरुद्द आफूले व्यानर प्रदर्शन गरेको कालीगण्डकी बचाऔं अभियानका संयोजक एवम् प्रकृति, पर्यावरण तथा सम्पदा चिन्तक आरके अदीप्त गिरीले बताए।
कालीगण्डकी किनारै किनार खनिएको कालीगण्डकी ९क, ख० करिडोर सडक संजाल तथा त्यो सडकसँगै आएको अव्यवस्थित शहरीकरण, एकाध व्यक्तिको स्वार्थ, लाभ र दादागिरीमा वातावरणीय प्रभाव मूल्याङ्कन विना खोलिएका दर्जनौं क्रसर उद्योगहरूले मानव तथा प्राणी जगत् अचाक्ली जोखिममा परेकोमा उनी चिन्ता व्यक्त गर्छ्न्।
भन्छन्, नदीमाथि जथाभाबी उत्खनन गर्ने, मलमुत्र, फोहर मैला विसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण, वन फडानी र बालुवा तस्करहरूको नाजायज तस्करी धन्धाको चपेटामा कालीगण्डकी नदी परेको छ, यसलाई बचाउनु मानव सभ्यता बचाउनु हो। यो अतिका विरुध्द सबै एकजुट हुनुको विकल्प छैन।
नदीबाट बालुवा, गिटी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ। सर्वोच्च अदालतको आदेशमा ठाडो अवहेलना गरिएको छ। नदी ऐनर नियम, वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले कालीगण्डकी दोहनका कारण मानव बस्तीसँगै अन्य प्राकृतिक स्रोतर मूल मुहान, जलथल सङ्कटमा परेका छन।
सैयौंको संख्यामा खोलिएका यस नदी तटीय क्षेत्र ९८ सय १४ किमि०का क्रसर उद्योगको कारणले नदी दिनप्रतिदिन मरिरहेको छ भन्दै नदीमाथिको हाल भैरहेका सम्पूर्ण हस्तक्षेप विरुध्द आवाज बुलन्द गर्न र साझा र स्वायत्त जनअधिकारको लडाइँमा जोडिन सम्पूर्ण गण्डकीर लुम्विनीबासी नागरिकहरूमा अभियानले अपिल र अनुरोध गरेको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ