पृथ्वी यातायात सहकारी संस्थाको तेस्रो वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा सहित विद्यालय हातामा सरसफाई गरीएको छ ।
संस्थाले अन्नपूर्ण गाउँपालिका सल्यानमा रहेको श्री बराह आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्याना कपडा र स्टेश्नरी सहित विद्यालय वरपर सफाई गरीएको संस्थाका प्रबन्धक सपना रेग्मीले बताइन ।
पृथ्वी राजमार्ग बस समितिमा आवद्ध यातायात व्यवसायीहरुको हकहित सहित आर्थिक सहभागिताका लागी शुरु गरीएको संस्थामा यातायात व्यवसायीहरु आवद्ध रहेका छन् ।
सो कार्यक्रममा पोशाक वितरण गर्दै संस्थाका अध्यक्ष योगेन्द्र बहादुर के.सी. ले सहकारी कारोबार, सदस्य सेवा सङ्गै संस्थाले सामाजिक कार्यहरु पनि गर्दै आएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तायकाजी गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा प्रधानध्यापक प्रेम बहादुर के.सी., शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर के.सी., पृथ्वी राजमार्ग बस समितिका वरिष्ठ प्रवन्धक ज्ञान बहादुर के.सी.ले आ आफ्ना धारणा राखेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी
सहयोगका लागी आह्वान