आउँदो असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासङ्घको चुनावी कार्यतालिका सार्वजनिक भएको छ ।
महासङ्घको निर्वाचन समितिले हिजो बेलुका सार्वजनिक गरेको कार्यतालिकाअनुसार नामावली प्रकाशन भएको छ भने असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।
यस्तै उम्मेदवारको नामावली प्रकाशन असोज ४ गते बेलुका ५ बजे हुनेछ । उम्मेदवारमाथि दाबी विरोध असोज ४ गते बेलुका ५ बजेदेखि असोज ५ गते दिउँसो २ बजेसम्म रहेको छ । उम्मेदवारले नाम फिर्ता लिने समय असोज ४ गते बेलुका ५ बजेदेखि असोज ५ गते ४ बजेसम्म रहेको छ । उम्मेदवारको अन्तिम नामावली असोज ५ गते बेलुका ६ बजे प्रकाशन हुनेछ ।
कार्यतालिकाअनुसार प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ । संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखामा मनोनयन दर्ता असोज १० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ ।
कार्यतालिकाअनुसार मतदान असोज १२ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुने र मतगणना पनि मतदानको काम सकिएलगत्तै हुने निर्वाचन समितिले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ