यस वर्षको दशैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज १३ गते आइतवारदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाउने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेशका कार्यालय तथा अन्य बैंकहरूबाट नोट साट्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लिराम पोखेरलका अनुसार अहिलेसम्म सूचना जारी नभएको तर आउँदो असोज १३ गतेदेखि सुकिला नोट साट्न सक्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १ सय दरको सेटमा नोट साट्न सक्नेछन् ।
विगतमा दशैँलगायतका चाडपर्वका लागि पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । तर यो वर्ष राष्ट्र बैंकले नयाँ नोट नदिने निर्णय गरेको छ । सहायक प्रवक्ता डा। पोखरेलका अनुसार नयाँ नोटको सट्टामा सर्वसाधारणले सुकिला र सफा नोट पाउनेछन् ।
यस वर्ष असोजको २६ गते दशैँको टीकाको मुख्य दिन परेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एन्फा महिला लिग फुटबलमा तेस्रो चरणको अन्तिम खेल आज हुँदै
साफ महिला फुटबलको खेल तालिका सार्वजनिक
भर्खरै प्रकाशित
गण्डकी अटोमेकानिकल्स वक्र्स एशोसिएसनको रक्तदान
नेपाल पत्रकार महासङ्घको चुनाव आउँदो मङ्सिर २८ गते हुने