सरकारले दशैँ, तिहार लगायतका मुख्य चाडपर्वमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुट सुविधा दिएर चिनी ल्याउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्ने सुविधा दिने निर्णय गरेको हो ।
उद्योगी–व्यवसायीले चाडपर्वमा अभाव सिर्जना गराई चिनीमा मनोमानी मूल्य लिने सम्भावना देखिएपछि भन्सार छुट दिएर आयात गर्ने निर्णय भएको सरकारले जनाएको छ । अब चाडपर्वमा चिनीको अभाव नहुने र महँगो पनि नपर्ने सरकारले दाबी गरेको छ ।
चिनी आयातमा अहिले ३० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ । सरकारले दुवै संस्थालाई १५–१५ हजार टनका दरले चिनी आयात गर्ने कोटा दिएको छ । दशैँ र तिहारका लागि मात्र २५ हजार टन चिनी आवश्यक पर्ने अनुमान सरकारको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ