logo
Logo Side Banner

छानबिन समितिको ध्यान मोड्न म माथि सहकारी ठगीको आरोप लगाइयोः धनराज गुरुङ

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read


नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानबिन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरेका हुन्।  

उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानबनि गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए। उनले आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि दोहो¥याए।

उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे। 

प्रतिक्रिया दिनुहोस