logo
Logo Side Banner

रास्वपाको चेतावनी:उपसभामुख रानालाई पदबाट हटाए सरकारलाई टिक्न दिँदैनौँ

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्ष गर्ने चेतावनी दिएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरा समाचारहरूमा आएको उल्लेख गर्दै त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका हुन  ।

उनले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए । प्रमुख सचेतक परियारले सत्तारुढ दलहरूले संख्याको बलमा जे पनि गर्न खोज्छ भने आफूहरूले त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत बताए । आफ्नो पार्टीसँग द्वेष साँधेर सत्तारुढ दलहरूले उपसभामुख रानालाई पदबाट हटाउने हो भने त्यो मान्य नहुने उनको भनाई थियो 

 प्रमुख सचेतक परियारले उपसभामुख रानालाई पदबाट हटाउन खोजिए सरकार विरुद्ध आम जनता सडकमा ओर्लने दाबी समेत गरे । 

प्रतिक्रिया दिनुहोस