परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
संसदीय सुनुवाइ समितिको आजको बैठकमा सांसदहरूले सरकारले विभिन्न १७ देशका लागि गरेको राजदूत नियुक्ति समावेशी नभएको प्रश्न उठाएपछि परराष्ट्रमन्त्री राणाले आउँदा दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिश गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महसूस गरेको बताउनुभयो ।
परराष्ट्रमन्त्री राणाले सरकारले गरेका काममा समितिले सुझाव दिएपछि नै सच्चिने अवसर पाउने बताउनुभयो । राजदूत सिफारिशका लागि आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भए पनि त्योअनुसार नपाएको उहाँको भनाइ छ ।
मन्त्री राणाले कुनै पनि ठाउँमा निर्णायक पदमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्ने बताउनुभयो । उहाँले देशमा असमानता, असमावेशीता कायम रहेको भन्दै यसलाई हटाएर लैजान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ