logo
Logo Side Banner

काठमाण्डौ–पोखरा उडानको एक टिकट किन्दा अर्को टिकट निःशुल्क

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाण्डौ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने भएको छ । एयरलाइन्सले हिजोदेखि लागू हुने गरी आउँदो असोज ४ गतेसम्म काठमाण्डौ–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा किन्दा एउटा टिकट सित्तैमा दिने भएको हो ।

एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस