नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्याएको छ । बाग्लुङको बडिगाड गाउँपालिका–१० मा बाढीले लघुजलविद्युत् बगाउँदा एक महिनादेखि अन्धकारमा बस्दै आएका स्थानीय बासिन्दाको सहजताका लागि केन्द्रीय लाइन पुर्याएको हो ।
गएको साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड –१० दर्लिङ, निगलपानीलगायत क्षेत्रमा केन्द्रीय विद्युत् पुर्याएको विद्युत् प्राधिकरणका कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिनुभयो । यस क्षेत्रमा पहिले लघुजलविद्युत् आयोजनाबाट विद्युत् प्रयोग गर्दै आएकामा बाढीले पूर्णरूपमा बगाएपछि सयौं घरपरिवार अन्धकारमा थिए ।
यस्तै बाढीले क्षति पुर्याएको गुल्मीको मुसिकोट, मालिका गाउँपालिका हुँदै दर्लिङमा पनि लाइन जोडिएको प्रमुख पौडेलको भनाइ छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ