कोरोना बिमाबापतको रकम भुक्तानी माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।
यसअघि भएको सहमति अनुसार कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेको हो। संघले रिटमा रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेशको पनि माग गरेको छ।
कम्पनीहरूले कोरोना बिमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। त्यसका लागि सरकारले पनि भुक्तानी दिएको छैन। कोरोना बिमा मापदण्ड अनुसार उक्त दायित्व सरकारको भएको संघको दाबी छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ