कास्कीको माछापुच्छ्रे गाउँपालिकाले करारमा प्रधानाध्यापक नियुक्त गरेको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि करारमा प्रधानाध्यापक नियुक्त गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो ।
गाउँपालिकाले यसअघि करारमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग गरेको थियो । विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा छनोट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले देशमै नमूनाका रूपमा शिक्षा क्षेत्र सुधारका लागि आफूहरूले शुरुआत गरेको बताउनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
साफ महिला फुटबलको खेल तालिका सार्वजनिक
भर्खरै प्रकाशित