बालुवाटार पुगेर प्रकाशले भेटे प्रधानमन्त्री, ओलीले सामाजिक सञ्जालमा लेखे खुशी लाग्यो
गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार ९चुमभ्याली० मा तीन दशक बिताएका प्रकाश तामाङ ९काले मोक्तान० ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ओलीलाई भेटेका हुन् ।
सोमबार साँझ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो, नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ । खुशी लाग्यो । शुभ रात्रि १’ प्रधानमन्त्री ओलीले प्रकाशलाई भेट्न काठमाडौँ बोलाएपछि उनी भोजपुरबाट काठमाडौँ आएका हुन् ।
युट्युब लगायत समाजिक सञ्जालमा प्रकाशको जीवन कथा सार्वजनिक भएपछि ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिएका थिए । प्रकाशले गएको आइतबार भोजपुरस्थित आफ्नै घरमा नागरिकता पाएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
साफ महिला फुटबलको खेल तालिका सार्वजनिक
भर्खरै प्रकाशित