logo
Logo Side Banner

सराङ्गकोट सहकारीमा महिला भेला एवं सहकारी शिक्षा कार्यक्रम

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पोखरा । सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले बृहत महिला भेला सहकारी शिक्षा कार्यक्रम गरेको छ ।

संस्थाले हरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सचेतना सहितको कार्यक्रम गर्दै आएको छ ।

संस्थामा रहेका महिला शेयर सदस्यहरुलाई कार्यक्रमको माध्यमले सहकारी ऐन, नियमको जानकारी सहित आपसी सम्बन्धको विस्तार गराउने उद्धेश्यले कार्यक्रम गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

सो कार्यक्रमको सहजिकरण  गर्दै  सहकारीका अभियान्ता प्रशिक्षक भिम गुरुङले सदस्यको साथ सहयोग निरन्तर हुनुपर्ने बताए । सहकारीको मुख्य खम्बा शेयर सदस्य नै रहेकोले कस्तो सहकारी बनाउने जिम्मेवारी संचालक सहित सवै सदस्यहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

२०६३ मा स्थापित संस्थाले सदस्यहरुको लागी आर्थिक सङ्गै रेडियो सराङ्गकोटको संचालन गर्दै हाल ५४ करोड कुल कारोबार गर्दै आएको कोषाध्यक्ष राममणि पौडेलले बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार पुर्व अध्यक्ष प्रेम बहादुर जि .सी , शोभियत बहादुर अधिकारी, कमल नायन गौतम, दुर्गा बहादुर सुनार ,लेखा संयोजक शिव बहादुर बानिया ,उपाध्यक्ष बसन्त बानिया ,कोषा अध्यक्ष राममणि पौडेल ,संयोजक माया कुमारी शर्मा, संस्थाका व्यवस्थापक सुरेन्द्र थापा, लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा महिला दिदि बहिनीको प्रस्तुती संगै राष्ट्रिय कलाकार युवराज भण्डारीको विशेष गाईजात्रे प्रस्तुती सहित विविध साँस्कृतिक प्रस्तुतीहरु राखीएको थियो ।

प्रतिक्रिया दिनुहोस