logo
Logo Side Banner

डेङ्गी सङ्क्रमणका कारण एक जनाको ज्यान गयो

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

चितवनमा डेङ्गी सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा अस्ति शनिवार राति ज्यान गएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार ती बिरामी ज्वरो आएर शुक्रवार मेडिकल कलेजमा भर्ना भएका थिए ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा सात सय जनाभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । देशभर अहिलेसम्म ६ हजारभन्दा धेरैमा डेङ्गीको सङक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस