logo
Logo Side Banner

सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरिएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति सुरु गरेको बताएका छन् । इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १९१०को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले सो कुरा बताएका हुन् ।

उनले सुन काण्डका आरोपीलाई अघिल्लो सरकारले उन्मुक्ति दिएको भन्दै प्रश्न गरे ‘उहाँहरूको सुशासन त्यही थियो रु’ असल शासनको कुरा मात्रै गरेर नहुने भन्दै अहिलेसम्म सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको बताए । 


उनले संविधान संशोधन गरेर सांसदको सख्या घटाउनु पर्ने बताए । उनले प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिकको व्यवस्था राख्नु पर्ने धारणा राखे । उनले अर्थतन्त्र सुधारका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताए । उनले स्थानीय मदिरालाई ब्राण्डिङ गरेर करको दायरामा ल्याउनु पर्नेमा समेत जोड दिए ।

सम्मेलनमा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति निश्कल राईले पार्टीको संरचनात्मक सुधार, उम्मेदवार छनौट प्रक्रियामा सुधारलगायतका प्रस्तावसहितको राजनीतिक, सांगठानीक प्रतिवेदन पेस गरेका थिए । 

सम्मेलनमा नेपाली कांग्रेस इलामका जिल्ला सभापति डम्बर खड्का, पूर्वसभापति केशव थापा, क्षेत्रीय सभापति शमशेर राई, नेता भेषराज आचार्य, जिल्ला उपसभापति खगेन्द्र देवानलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस