logo
Logo Side Banner

संराङकोटमा सारुन खेल प्रशिक्षण सुरु

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पोखरा । क्षत्री जातीको पहिचान रहेको यूद्द र सिमा सुरक्षाको रुपमा रहेको सारुन खेलको प्रशिक्षण संराङकोटमा सुरु भएको छ । 

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुरु भएको सो प्रशिक्षण शुभारम्भ कुलपति सुर्य खड्का विखर्चीले गदै नेपालको इतिहास संग जोडीएको सारुन खेलको संरक्षण हुनु नेपाली आस्था राष्ट्रियपनको बिषय भएको बताए । 

शाहवंशीय राजा कुलमण्डल शाहले कास्की बाट राज्य शुरुवाती गर्दा सिमा सुरक्षा देबी भगवतीको आराधनामा यूद्द शक्तीको रुपमा सोही समय देखि सारुन खेलको शुरुवात भएको मानिन्छ । 

पोखरा महानगरपालिका वार्ड १८ का अध्यक्ष शिब प्रसाद तिमिल्सीना ले सराङकोको मानव सभ्यता संग जोडिएको खेलको माध्यमबाट पर्यटन , धार्मिक विकासमा योगदान  पुग्ने बताए । 

कार्यक्रमा क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्ण बहादुर थापाले क्षत्रीको पहिचान रहेको सारुन खेललाई राष्ट्रिय खेलको औपचारीक मान्याताका लागी  पहल भइरहेको र देशै भर यस खेल संग मिल्ने खेल नाजको प्रयोग सयौ बष देखि हुदै आएकोमा समाजले यसको विकास संरक्षणमा सकृय रहेको बताए । 

क्षत्री समाज नेपाल वार्ड नं १८ का अध्यक्ष अमर बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा समाजका केन्दीय सल्लहाकार एवं सारुन खेलका संरक्षक प्रेम बहादुर जि.सि ,क्षत्री समाज कास्की जिल्लार्का  समितिका अध्यक्ष दिल बहादुर अधिकारी ,वार्ड नं १८ का संस्थापक अध्यक्ष वेल बहादुर थापा , सल्लाहकार मिन बहादुर थापा , प्रशिक्षक राहुल थापा ,जागृत युवा क्लवका अध्यक्ष राज किशोर थापा , सवदा चौतारी आमा समुह का राधिका खड्का पदेली टोल विकास संस्थाका अध्यक्ष नारायण थापा , सचिव बलराम कुमार जि.सी ,सहसचिव सुरेस थापा ,लगायतले क्षत्री समाज र सारुन खेलको बारेमा धाराणा राखेका थिए । 

सो प्रशिक्षणको लागि सल्लहाकार पे्रम बहादुर जि.सी ले २५ हजार सहयोग गरेका थिए ।  प्रशिक्षणमा ४६ जना को सहभागिता रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस