नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।
आज भएको अक्शनमा पारसलाई गुजरात टिमले अनुबन्ध गरेको हो । उनलाई गुजरातले १२ लाख ५० हजार भारुको बेस प्राइसमै अनुबन्ध गरेको हो । तेस्रो संस्करणको लिजेन्ड्स लिग आउँदो सेप्टेम्बर २० देखि शुरू हुनेछ । यसअघि पारस पहिलो संस्करणमा एसियन लायन्समा आबद्ध भएका थिए ।
लिजेन्ड्स लिगमा ६ वटा टोलीले सहभागिता जनाउँदै छन् । लिगमा सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरूले खेल्ने गर्छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विराटनगरलाई,सुपर ओभरु मा हराउँदै पोखराको दोस्रो जीत
सराङकोटमा विशेष फुलपाती बढाई साराङ्ग खेल हुने
भर्खरै प्रकाशित
पोखरामा आजदेखि दाइँ महोत्सव हुने