logo
Logo Side Banner

ढुङ्गेसाँघु सीतापाइला आमा समूह द्धारा तीजमा दर खाने खर्चले विद्यालयमा अक्षयकोष स्थापना

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पोखरा महानगरपालिका वडा नं। १७ स्थित ढुङ्गेसाँघु सीतापाइला आमा समूहले सोही स्थानको जानकी माविमा अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो।

तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरी मनाउने लक्ष्यका साथ विद्यालयमा अक्षयकोष स्थापना गरिएको समूहकी अध्यक्ष सीता काफ्लेले जानकारी दिइन् ।

“समाजका विपन्न एवं असहायको शिक्षाको अध्ययन थलो बनेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास समूहले लिएको छ”, उनले भनिन्, ‘आवश्यकता अनुसार समूहले सहयोगलाई निरन्तरता दिनेछ ।”

यस अघि विद्यालय सञ्चानार्थ वडासदस्य शिवराम भण्डारीले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका थिए ।

सरकारी एक वर्षको सेवा सुविधा तीन लाख र दुई लाख थप गरी विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको प्रधानाध्यापक अर्जुन कंडेलले जानकारी दिए ।

विद्यालय सञ्चानार्थ एक करोडको अक्षयकोष पुर्याउने लक्ष्यका साथ स्थापना भएको कोषमा हालसम्म विभिन्न संघसंस्था एवं व्यक्तिबाट करिब १५ लाख संकलन भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस