logo
Logo Side Banner

नामिबियाले ८३ हात्तीसहित ७ सय २३ वटा जङ्गली जनावर मारेर मासु वितरण गर्ने

News LogoSita 2 हप्ता अगाडि
87 2 minutes read

भोकमरी बढेपछि नामिबियाले ८३  वटा हात्तीसहित ७ सय २३ वटा जङ्गली जनावरलाई मार्ने योजना बनाएको छ । नामिबियाले जङ्गली जनावर मारेर तीव्र खडेरीका कारण खाना पाउन सङ्घर्ष गरिरहेका मानिसहरूलाई मासु वितरण गर्ने योजना बनाएको वातावरण मन्त्रालयलार्य उद्र्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

सरकारले राष्ट्रिय निकुञ्ज र सामुदायिक क्षेत्रका जनावर मार्ने योजना बनाएको छ । चरन क्षेत्र र पानी कम भएका तर जनावर धेरै भएका जङ्गलका जनावर मारिने खबरमा उल्लेख छ । नामिबियाले मार्ने जनावरमध्ये ८३ वटा हात्ती रहेका छन् ।

यस्तै,४० वटा जलगैँडा, ६० वटा अर्ना, १ सय ५० वटा जरायो, १ सय वटा निलगाई र तीन सय वटा जेब्राघोडा मारिने जनाएको छ ।  संयुक्त राष्ट्र सङ्घका अनुसार दशकौँदेखि सबैभन्दा खराब खडेरीको सामना गरिरहेको नामिबियाले गएको महिना आफ्नो खाद्य भण्डारको ८४ समाप्त गरिसकेको छ ।

आउँदा महिनाहरूमा नामिबियाको लगभग आधा जनसङ्ख्याले उच्च स्तरको खाद्य असुरक्षाको सामना गर्नुपर्ने राष्ट्र संघले चेतावनी दिएको छ । यदि सरकारले भोकमरीको समस्या समाधान नगरेमा मानव–वन्यजीव द्वन्द्व बढ्ने जोखिम छ ।

यसअघि नै सरकारले एक सय ५० जना जनावर मारेर ५७ हजार किलोग्राम मासु नागरिकलाई वितरण गरिसकेको छ । आफ्नो देशले जङ्गल र जनावरको निकै संरक्षण गरिरहेको भन्दै नामिबियाको वातावरण मन्त्रालयले पर्यावरण र विविधतामा फरक नपर्नेगरी सिकार गरेर नागरिकलाई मासु वितरण गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस