कास्कीका श्रीनाथ बराल नेकपा एकीकृत समाजवादी पार्टीको सचिव पदमा विजयी भएका छन् । उनले १०७ मत पाएका छन् ।
उनी यसअघि पार्टीको केन्द्रीय तहमा पोलिट्व्यूरो सदस्य थिए ।
उनी गत संघीय सांसद निर्वाचनमा कास्की क्षेत्र नं। २ मा निर्वाचन लडेर एमालेकी नेतृ एवं हालकी शिक्षामन्त्री विद्या भट्टराईसँग पराजित भएका थिए ।
योसँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पराजित भएका छन् । उनी एकीकृत समाजवादी पार्टीका कास्कीका पूर्वअध्यक्ष हुन् ।
त्यसैगरी चार उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् ।
त्यस्तै चार उपाध्यक्षमा डा गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशीका साथै महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित