कास्कीको अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई जना स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतवार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास ९पुरुष० र मोलास जुन्का
मेसी ९महिला० सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो ।
भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला अस्ति आइतवार बेलुका बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि हिजो सोमवार दिनभर खोजी गरे पनि
अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित