logo
Logo Side Banner

चन्दा नदिने डरले विद्युत् बक्यौता उठाउन दलहरू हच्किएको रास्वपा सांसदको आरोप

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल विद्युत प्राधिकरणलाई महसुल उठाउने विषयमा निर्देशन दिन राजनीतिक दलहरु हच्किएको बताएका छन् ।

सार्वजनिक लेखा समितिमा बोल्दै ढकालले १५ दिनभित्र उठाउन निर्देशन दिए आगामी चुनावमा व्यापारीले चन्दा नदिने डरले महसुल उठाउन कडाइ गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘आज निर्णय गरौं यो महसुल उठाउन विद्युत प्राधिकरणलाई नै दिउँ । १५ दिनभित्र उठाउन निर्देशन दिऔं । पहिला पैसा उठाउँ अनि कुलमानको विषयमा प्रश्न उठाऔं । मिटर लगेर जडान गरेको पैसा तिर्नुपर्छ । यो पैसा तिराइदिएपछि चुनावमा चन्दा पनि दिदैँन । अनि चुनाव लड्न रमाइलो हुन्छ । ’


‘नागरिकले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण समयमै तिरेन भने धितोजवानीले पत्रिकामा छापेको नोटिससहितको पैसा तिर्नुपर्छ । यो नौ वर्षमा यस्ता मिटिङ बस्दा कति खर्च हुन्छ त्यो खर्च र २२ अर्बको व्याजसहित तिराऔं,’ ढकालले भने ।

लेखा समितिमै उपस्थित अर्का सांसद अर्जुन नरसिंह केसीले नयाँले जथाभावी नबोलौं भनेको भन्दै आक्रोशित भएका ढकाल समितिमै जंगिएर केसीको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस