logo
Logo Side Banner

सुनकोशी नदीमा खसेको जीप भेटियो : बेपत्ता तीन जनाको अवस्था अझै थाहा हुन सकेन

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जीप भेटिएको छ । गोताखोरको टोलीले बेपत्ता प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको जीप क्षतिग्रस्त अवस्थामा गएराति फेला पारेको हो ।

खोटाङको हलेसीबाट काठमाण्डौका लागि छुटेको जीप हिजो बेलुका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो । मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता छन् । उनीहरुको अवस्था अझै थाहा हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार गाडी खस्दा चालक भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस