logo
Logo Side Banner

पोखराबाट बेनी जाँदै गरेको गाडीलाई बाढीले बगायो

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पोखराबाट म्याग्दीको बेनी जाँदै गरेको स्कोर्पियो गाडीलाई बाढीले बगाएको छ ।

गएराति बेनी(बागलुङ सडकअन्तर्गत बेनी नगरपालिका वडा नं १ हुलाकेमा ग२च ९३ ५५ नम्बरको स्कोर्पियोलाई बाढीले बगाएको हो ।

गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको उनले बताए । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् ।

अहिले गाडी निकाल्ले प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बाढीले स्कोर्पियोलाई बगाएर करिब सात मिटर तल पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस