भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको छ ।
हिजो युक्रुेन पुग्नुभएका भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ । मोदी र जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा धेरै बालबालिका मारिएको ठाउँको पनि सँगै भ्रमण गर्नु भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भेटको भिडिओ पोस्ट गर्दै बालबालिकाका परिवारलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गर्नुभएको छ । केही समय अघि रुसको भ्रमण गर्नुभएका भारतीय प्रधानमन्त्री मोदी अहिले युक्रेन पुग्नुभएको हो ।
प्रधानमन्त्री मोदीले युक्रेनको राजधानी कीभमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा पनि भ्रमण गर्नुभएको छ । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिनुभएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विराटनगरलाई,सुपर ओभरु मा हराउँदै पोखराको दोस्रो जीत
सराङकोटमा विशेष फुलपाती बढाई साराङ्ग खेल हुने
भर्खरै प्रकाशित
स्याङ्जामा टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार
पोखरामा आजदेखि दाइँ महोत्सव हुने