logo
Logo Side Banner

आबुँखैरेनीमा भएको बस दुर्घटनामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

केहीबेर अघि हेलिकप्टर दुर्घटनास्थलमा अवतरण भैसकेको छ । हेलिकप्टरमार्फत घाइतेहरुलाई काठमाडौँ ल्याउने तयारी छ ।  पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदिमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेका ४१ यात्रुमध्ये १४ जनाको मृत्यु भएको छ ।
 

प्रतिक्रिया दिनुहोस