मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
घटनास्थलबाट उद्धार गरी आँबुखैरेनी अस्पतालमा लगिएका ३० घाइतेमध्ये १४ जनाको मृत्यु भएको घोषणा गरिएको इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए ।
बसमा ४० जना यात्रु रहेकोमा १० जना अझै बेपत्ता रहेको र उनीहरुको गोताखोरको टोलीद्वारा खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।
पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान करिब ११स्३० बजे ऐनापहरास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
बस पृथ्वीराजमार्गबाट करिब १ सय ५० मिटर तल नदीमा खसेको उनले बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित