नेपाली सेनाले अधिकृत पद ९सहायक सेनानीरउपसेनानी० मा दरखास्त आह्वान गरेको छ । अधिकृत सरहका यी पदमा २ सय ८० जनाका लागि भर्ना खुलेको हो ।
खुलातर्फ १ सय ४७ तथा समावेशीतर्फ महिला कोटामा २४, आदिवासी जनजाति कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।
यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छ्ट्याइएको छ ।
नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद आउँदो असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित