रुपन्देही सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिरिएको छ । कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुटवल खरेललाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले खरेललाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरिएको बताए । २३ वर्षीय सहकर्मीलाई जबरजस्ती करणी गरेको विषय छानबिन भईरहको उनले बताए । उनका अनुसार जबरजस्ती करणी उद्योगमा अदालतबाट अनुसन्धान लागि म्याद थप गरिएको हो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित