logo
Logo Side Banner

भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको घटना छानबिनका लागि समिति गठन

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएको घटना छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको बैठकले भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा।प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको हो ।समितिलाई एक हप्ताभित्र अध्ययन प्रतिवेदन बुझाउने समय दिइएको छ ।

अस्पताल प्रशासनले पनि आन्तरिक रूपमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदनपछि आवश्यक कारबाही अगाडि बढाउने र मृतकको शव आफन्तले अन्तिम संस्कारका लागि लैजाने निर्णयसमेत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस