पृथ्वीराजमार्गको दमौली(डुम्रे खण्ड अझै खुल्न सकेको छैन ।
तनहुँको घाँसीकुवा नजिकै भीषण पहिरो खसेपछि राजमार्ग बुधबार साँझदेखि नै अवरुद्ध बनेको थियो । करिब १ सय ५० मिटर सडक पुरिएकाले बुधबार पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आज बिहानैदेखि सडक पन्छाउने काम थालिने भए पनि समय लाग्ने भएको छ ।
राजमार्ग अवरुद्ध भएसँगै पोखरा आउने र पोखराबाट अन्यत्र गएका सवारीसाधन तनहुँमा रोकिएका छन् भने सयौँ यात्रु तनहुँमा अलपत्र परेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित